Skip to main content

Nirvik Khabar

मेलौलीमा भएको बस दुर्घटनामा घाइते ३५ जनाको पहिचान खुल्याे

Advertisements
Single Page Long - 2

बैतडी । बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा घाइते भएका ३५ जनाको पहिचान खुलेको छ । पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका–७ स्वाखानीमा सोमबार दिउँसो १ बजे दुर्घटना भएको थियो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी रहेका छन् । दुर्घटनामा परेका भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ३५ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । ५ जनालाई घटनास्थलबाटै रेफर गरिएकाले परिचय खुल्न समय लाग्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा बस चालक देव भण्डारी , विमला दमाई, पूजा साउद, क्रिस भण्डारी, पार्वती भण्डारी, केशव राम लुहार, दीपिका भट्ट, मञ्जु पार्कि, कृष्ण शाही, मिना चन्द, कमला चन्द, कल्पना चन्द, विनोद दमाई, दिया चन्द, सिता चन्द, रेशमा चन्द, दीपेश चन्द, सुरत बहादुर चन्द, कालु राम कोली, परु कोली, बिर्पल धनाडी, प्रकाश कार्की, सगिता चन्द, सुरत चन्द, उसा दमाई, निशा भट्ट, सेतु चन्द, विपिन भट्ट, भरत साउद, खडक चन्द, लक्ष्मी चन्द, कृष्ण सुतार, आशिष धनाडी, केशव सिंह ठगुन्ना रहेका छन् ।अधिकांश घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस