Nirvik Khabar

गर्मीमा दही खानुहोस्, यस्ता छन् फाइदा ?

Advertisements
Single Page Long - 2

 चितवन- दूध जमाएर बनाएको र त्यसबाट नौनी, घिउ आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ । गर्मी महिनामा धेरै खपत हुने दही हिन्दु परम्परा अनुसार साइत गर्दासमेत प्रयोग गरिन्छ । शुभ कार्यको थालनी गर्दा दही खाएर गर्नु शुभ मनिन्छ ।

दही प्राय सबै जसोको भान्सामा प्रयोग भएको पाइन्छ । विवाह भोज भतेरमा पनि खाना खाइसकेपछि मुख मिठो बनाउन दहि खाने चलन छ । दहीले मनिसको शरिरमा पाचन प्रक्रियालाई नियमित राख्न मद्धत गर्दछ ।

गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ । दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केहि आवश्यक्ता पुरा गर्छ ।

दहीका भिविन्न प्रकारका हुन्छन् । त्यसमध्य जुजु धौँ भक्तपुरमा प्रसिद्ध छ ।हिन्दु धर्म अनुसार सुभकार्यको सुरुवात दही खुवाएर गरिन्छ।

दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ। दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ। दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ।

नेपाली समाजमा प्रचलित दहीका प्रकार

एकरातेस् एक रात मात्र बितेको वा अघिल्लो दिन मात्र जमाइएको वा एक रातको दहीलाई एकराते दही भनिन्छ ।

चोक्रास् राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने दहीको ढिकालाई चोक्रा भनिन्छ ।

जुजुधौस् बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको भादगाउँले दहीलाई जुजुधौ भनिन्छ ।

लहरे दहीस् जमेको बाक्लो दहीलाई लहरे दही भनिन्छ ।

यस्तो छ- दही खानुको फाइदा
१. पेटलाई सितलता

दहीलाई लस्सी बनाएर सेवन गर्दा पेटको गर्मी शान्त हुन्छ । पेटको कतिपय रोगमा दहीको सेवन लाभदायक मानिन्छ । अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले पेटको रोग लाग्न दिदैन ।

२. हृदय रोगमा बरदान
दहीमा हृदय रोग, उच्च रक्तचाप रोक्ने गजबको क्षमता हुन्छ । यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सहि राख्छ । मुटुको समस्या भएकाले दहीको सेवन गर्नु लाभदायक मानिन्छ ।

३. हड्डीको विकासमा सहयोगी
दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यसले हड्डीको विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सहि ढंगले काम गराउन सहयोग गर्छ ।

४, तौल नियन्त्रण राख्न
अहिले मोटोपन घटाउने चिन्ताले धेरैलाई ग्रस्त बनाएको छ । यस्तो समस्या भोगिरहेकाहरुका लागि दहीको सेवन एकदमै लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस