काठमाडौं–सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र ९लाइसेन्स०को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो ।
पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । यसपटक पनि सेवाग्राही यातायात कार्यालयमा पुगेर फर्कन बाध्य हुनुपरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन । यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो । प्रणाली अझै सञ्चालनमा आइसकेको छैन ।
लाइसेन्सको सिस्टमले काम गर्न छाडेको भोलिपल्ट सो सूचना निकाल्दै सरकारको एकीकृत डेटा सेन्टरको सर्भरमा समस्या आएको भन्दै सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका छन् ।
Discussion about this post