Nirvik Khabar

सिराहा अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । प्रादेशिक अस्पताल सिराहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिराहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।

दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो ।

यसैबीच बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । सिराहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस