Nirvik Khabar

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

Advertisements
Single Page Long - 2

आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रालिको  चितवनका लागि  टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले अफरसहित प्रदर्शन गरिरहेको छ।  प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र बानियाको उपस्थितिमा नयाँ गाडीहरू – टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेका हुन् ।यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा  टाटाका ईभी गाडीहरूको  प्रदर्शन गरिरहेको छ ।

इच्छुक ग्राहकहरूले ‘चितवन अटो शो २०२६’ को  हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरुको साथ टाटा कारहरु लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस