Nirvik Khabar

मलमास सर्दा ०८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने, असोजमा तीज, कात्तिकमा दसैं

काठमाडौं । नयाँ वर्षमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ ।२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो ।

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ ।साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् ।

श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ ।

असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ ।भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरु यो वर्षको भन्दा कम्तिमा १५ दिन पछाडि धकेलिन गएका हुन् । यसरी धकेलिने क्रममा ०८० सालमा चैते दसैं नै नहुने भएको छ । ०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस