Nirvik Khabar

नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

थापाले भने, ‘अहिले हामी अस्पतालमै छौं । आधा घण्टापछि थापाथलीस्थिति घरमा लिएर राख्छौँ । घर परिवार आएपछि आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी छ ।’

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उनको केही साताअघिदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो । जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस