Nirvik Khabar

मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

निर्भीक खबर
निर्भीक खबर

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन।

घटनामा परि बागमती-८ का रामबहादुर गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियाे ।

दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाकाे चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available