Skip to main content

Nirvik Khabar

अष्ट्रेलियाको मेलवर्नमा नेपाल फेष्टिभल हुने

Advertisements
Single Page Long - 2

मेलवर्न। अष्ट्रेलियाको मेलवर्नमा नेपाल फेष्टिभल हुने भएको छ। नेपाली मौलिकपन झल्काउने हिसाबले एनआरएनएकाे मुख्य आयोजनामा सो महोत्सबको आयोजना गरिएको हो ।

गैरआबसीय नेपाली संघले आयोजनाले गरेको फेष्टिभललाई सधैँ झैँ भव्यताका साथ सम्पन्न्न गर्ने संस्थाको दावी छ। पारिवारिक माहोल रहने फेष्टिभलमा नेपाली बहुसांस्कृतिक नुत्यहरुको प्रदर्शनी रहने छ।

नेपाल फेस्टिभल एउटा सिग्नेचर इभेन्ट भएको कारणले नेपाली कलाकारहरु, लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक गायिका र लाइभ ब्यान्डको समेत बेजोड प्रस्तुति रहने एनआरएनएको कोर्डिनेटर हरि खड्काले बताउनुभयो।

साथै यसलाई सफलतापुर्बक सम्पन्न गर्नको लागि आफुहरु तयारी गरिरहेको पनि बताउनु भयो। त्यसैगरी महोत्सबलाई अझ मनोरञ्जनात्मक बनाउनको लागि नेपाली खानाको परिकारसंगै स्वादिष्ट म :म: को समेत व्यवस्था रहेको छ।नेपाल फेष्टिभल आगामी सेप्टेम्बेर १० तारिख शनिबार भिक्टोरियाको फेडेरेसन स्क्यारमा हुने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस