चितवन – आज (शुक्रबार) नारायणगढ लगायतका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले एक सूचना जारी गरी शुक्रबार बिहान ९ बजेदेखि बेलुका सांँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख ई. राजिव कुमार सिंहका अनुसार यस बितरण केन्द्र अन्तरगत ११ के भि लाईन निर्माण गर्ने तथा मर्मत सुधार गरि ८/९ मि पोल भएको स्थानमा ११ मिटर पोल बदली गर्ने कार्यका लागि भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएको हो ।
यो समयमा नारायणगढ क्षेत्रपुर र कल्याणपुर् लंकु एरियामा सो अवधिका लागि पूर्णरुपमा विद्युत अवरुद्ध हुनेछ । यसबाट ग्राहकवर्गमा पर्ने असुविधा प्रति वितरण केन्द्र क्षमायाचना गरेको छ ।


































Discussion about this post