सुर्खेत– रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ।राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो।दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ।
चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो। प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो।
Discussion about this post