दिनहुँ उतारचढाव हुँदै आएको सुनको मूल्य आज बढेको छ। सुनको भाउ आज तोलामा ६ सय बढेर २ लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय कायम भएको थियो।५ दिनसम्म लगातार घटेको सुनको भाउ गएको शुक्रबारदेखि फेरि बढ्न थालेको हो।
बिहीबार सुनको भाउ तोलमा २ हजार ४ सय घटेर २ लाख ८४ हजार ७ सयमा झरेको थियो। त्यसअघि गएको बुधबार सुनको भाउ तोलामा ९ सय, मंगलबार १४ सय, सोमबार ९ सय र आइतबार ४ सय रुपैयाँ घटेको थियो। त्यसैगरी चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेर आज ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ। शुक्रबार तोलामा १७० रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ४ हजार ५ सय १० पुगेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post