Nirvik Khabar

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा डा. तोशीमा कार्की र सोबिता गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।पार्टीको निर्वाचन आयोगले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्दा महिला उपसभापति पदमा कार्की र गौतमको नाम समावेश गरिएको हो।

स्रोतका अनुसार पार्टी नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापतिको उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी कायम राख्ने अडान लिएपछि अधिकारीलाई पछि हटाइएको हो।

यसबीच कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न नेतृत्वले आग्रह गरेको स्रोतले जनाएको छ। पार्टीले अपनाएको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ अर्थात् दोहोरो पद नदिने सिद्धान्तका आधारमा यस्तो सुझाव दिइएको नेताहरूको भनाइ छ।महिला उपसभापति पदमा सहमति नजुटेपछि अब उक्त पदका लागि निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस