हिजो बढेको सुनचाँदीकै भाउ आज पनि बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलाको ४० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ३० रुपैयाँ पुगेको हो।हिजो चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ थियो। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

































Discussion about this post