Nirvik Khabar

सुनचाँदीकै मूल्यमा गिरावट

Advertisements
Single Page Long - 2

आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको भाउ आज तोलाको २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ हिजो ३ लाख ११ हजार ३ सय रुपैयाँमा स्थिर थियो।आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेर ५ हजार २८५ रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस