Nirvik Khabar

असार १५ मा शनि सेक्युरिटिज नारायणगढद्वारा दही–चिउरा कार्यक्रम

Advertisements
Single Page Long - 2

राष्ट्रिय धान दिवस, असार १५ तथा दही–चिउरा खाने दिनको अवसरमा शनि सेक्युरिटिज नारायणगढको आयोजनामा दही–चिउरा खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा करिब ४० जना सहभागीको उपस्थिति रहेको थियो। सो अवसरमा कम्पनीका सिनियर ब्रान्च म्यानेजर उज्वल पौडेल ले प्रमुख वक्ताका रूपमा सहभागीहरूलाई सेयर बजार, लगानीका आधारभूत सिद्धान्त, बजारको वर्तमान अवस्था तथा सुरक्षित लगानीका उपायबारे प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्नुभयो।

त्यसैगरी, लगानीकर्ता दिलीप काफ्ले ले लगानीका अवसर, सही लगानी पहिचान गर्ने तरिका तथा दीर्घकालीन वित्तीय योजनाको महत्वबारे आफ्ना धारणा राख्दै सबैमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको शुभकामना व्यक्त गर्नुभयो।

शनि सेक्युरिटिज कम्पनी लिमिटेड, नारायणगढले यस्ता कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्दै सर्वसाधारणमा पूँजी बजारप्रति सकारात्मक सचेतना फैलाउने उद्देश्य रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस