Nirvik Khabar

सरकारी कर्मचारी चढेको जिप दुर्घटना, घटनास्थलमै दुई जनाको गयो ज्यान

Advertisements
Single Page Long - 2

दार्चुलाको शैल्यशिखर नगरपालिका–४ काडापारीमा जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको मृत्यु भएको छ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत कर्मचारी सवार जिप मंगलबार दुर्घटनामा परेको हो।दुर्घटनामा परी कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत ४५ वर्षीय भरत तितरा र इन्जिनियर ३५ वर्षीया मनीषा पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक तितरा शैल्यशिखर–१ बलाँच र पाल मालिकार्जुन गाउँपालिका–७ का बासिन्दा हुन्। उनीहरू योजना अनुगमन तथा नापजाँचका लागि काँडापारिबाट ओसिलतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।काडापारीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र. ०१००१ ज १६४१ नम्बरको जिप भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा चालकसहित ४ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा चालक २२ वर्षीय प्रकाश ठगुन्ना, २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र ४५ वर्षीय मिनबहादुर पाल रहेका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मालिकार्जुन अस्पतालले प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सिफारिस गरेको छ।गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस