जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा कैद सजाय पाएका काठमाडौँ महागनरपालिका-२५ का ३५ वर्षीय मनिषराज श्रेष्ठलाई सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए। काठमाडौँमा लुकिछिपी बस्दै आएका मनिषलाई ठमेलबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
मनिषलाई लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय भएको थियो। जेल सजाय भोगिरहेका उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका थिए। उनलाई ब्युरोले कारागार कार्यालय, जगन्नाथदेवल बुझाएको छ।

































Discussion about this post