Skip to main content

Nirvik Khabar

आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?

Advertisements
Single Page Long - 2

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटना जाँचबुझ गर्न गठित आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा प्रतिवेदन पेस गर्ने सिंहदरबारमा पेस गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

‘आज प्रधानमन्त्रीज्यूले जाँचबुझ आयोगको प्रतिवेदन बुझ्नुहुन्छ’, सल्लाहकार रावलले  भने, ‘यसपछि लगत्तै प्रतिवेदन  मन्त्रिपरिषद्‌मा पेस गरिनेछ र अध्ययन गरेर कार्यान्वयनमा लगिनेछ।’प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताइरहेकी छन्। जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि कार्की नेतृत्वकझो अन्तरिम सरकारले गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो।

सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटकपटक समय थपेको थियो।तेस्रोपटक माघ २९ गते २५ दिन म्याद थप गरिएको थियो। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो। जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।जाँचबुझ आयोगले जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस