Skip to main content

Nirvik Khabar

मौन अवधिमा हाम्रोविरुद्ध झुटो प्रचार गरियो: नेकपा

Advertisements
Single Page Long - 2

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मौन अवधिमा पार्टी नेतृत्व र उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। निर्वाचनको मौन अवधिमा नेकपा र तारा चिन्हबाहक उम्मेदवारबिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुटो सामग्री प्रचार भएकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिब गणेशमान पुनले विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन्।

पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरि बनाइएका नक्कली भिडियो बन्द गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको नेकपाले जनाएको छ। ‘देश जलाउने, जेनजी युवाहरुको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको’ दाबी सो पार्टीले गरेको छ। यस्ता गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण ठहरसमेत नेकपाले गरेको छ।

वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न पनि आग्रह गरिएको छ।नेकपाले यस प्रकारका अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन पनि आग्रह गरेको छ। ‘सत्य, तथ्य जाँच र मतदाताको सचेत पहलले मात्र यस्ता भ्रमपूर्ण प्रचारलाई परास्त गर्न सकिने छ,’ पुनले भनेका छन्, ‘पार्टीका सबै समर्थक तथा शुभेच्छुकलाई यस्ता कुनै पनि झुठा प्रचारको तत्काल प्रतिकार गर्न तथा सधै सत्य र न्यायको पक्षमा उभिन आह्वान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस