Nirvik Khabar

उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् भने २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै थियो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए। चालक र कन्डक्टरको अवस्था अज्ञात छ।

ट्रकसँग ठोकिँदै बस १०० मिटर परको हाई-टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो। त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भयो।बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ। भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।दुर्घटना मंगलबार बिहान २:३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस