Skip to main content

Nirvik Khabar

धितोपत्र बोर्ड आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारीमा

Advertisements
Single Page Long - 2

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।

सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।

अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् ।लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस