Nirvik Khabar

तातो बढेपछि जनजीवन कष्टकर, विद्यालय एक महिना बिदा

Advertisements
Single Page Long - 2

सप्तरी । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।

गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएको उनले बताए ।

उनी भन्छन्,झगर्मीले घरभित्रै त बसी सक्नु छैन् । घाँममा डुलेर कसरी कपडा बेच्नु ? जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।’राजविराज नगरपालिका वडा १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । उनी भन्छिन्, ‘बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छौं ।’

गर्मीले सबैलाई काम गर्न समस्या भइरहेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने, ‘गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन् । शरीरले सके न काम गर्ने हो ।कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधाघण्टामै तातो हुने गरेको राजविराज(२ की ५० वर्षीया लिलादेवी मण्डलले बताइन् । उनले भनिन्,झपहिले पहिले गर्मी लाग्दा कोठाको भुईमा सिमेन्टमा सुत्थेँ । अहिले त भुई पनि तातेको छ । कसरी सुत्ने रु मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ। गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस