Skip to main content

Nirvik Khabar

जलविद्युत् आयोजनाको सुरुङभित्र अझै ४८४ जना अड्किएको आकलन

Advertisements
Single Page Long - 2

भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र ४८४ फसिरहेको व्यवसायीले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पदाधिकारीहरूका अनुसार सरकारी, निजी तथा विदेशी लगानीमा बनेका र बनिरहेका ११ आयोजनाको सुरुङ तथा विद्युत् गृहभित्र ४८४ जना फसिरहेका छन्।

प्राप्त विवरणअनुसार, सबैभन्दा बढी माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाभित्र तीन सय जना अड्किएका छन्। कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना अझै सम्पर्कविहीन छन्।माथिल्लो त्रिशूली-३ ‘बी’ मा १२२, माथिल्लो त्रिशूली-३ ‘ए’ मा ४२, रसुवागढीमा १२ र चिलिमेमा आठ जना फसिरहेका छन्।

इप्पानका अनुसार ११ आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको संख्या ९८३ छ। रसुवाका ६ जलविद्युत् आयोजनाबाट बाढीपछि ७१० र नुवाकोटका पाँच आयोजनाबाट २७३ सम्पर्कविहीन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस