Skip to main content

Nirvik Khabar

आठ दिन बित्दा पनि पत्तो नलागेपछि थाके सम्पर्कविहीनका परिवार, थाले कुशको शव बनाएर अन्त्येष्टि

Advertisements
Single Page Long - 2
बाढीले क्षतिग्रस्त नुवाकोटको ढुङ्गे बजार नुवाकोट ११ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशुलीमा आएको बाढीले क्षतिग्रस्त रहेको नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे बजार क्षेत्रका संरचना । तस्बिरः हरिराम भेटुवाल÷रासस

गत भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा अचानक आएको भीषण बाढीपछि बेपत्ता आफन्त आज (बुधबार) आठ दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि केही पीडित परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। रसुवा र नुवाकोटका केही परिवारले अब सम्पर्कविहीन सदस्य खोज्न छाडेर शव नहुँदाको अवस्थाअनुसार अन्तिम संस्कार थालेका हुन्। उनीहरूले कुशको शव बनाएर अन्त्येष्टि सुरु गरेका हुन्।

बाढीपछि अहिलेसम्म रसुवाका दुईवटा वडा र नुवाकोटको विदुर नगरपालिकाका सात वडाका धेरै मानिस बेपत्ता भएको पुष्टि भएको छ। कति जना हराइरहेका छन् भन्ने पूर्ण विवरण भने अझै आइसकेको छैन।

बेत्रावतीमा मात्र २४३ जना बेपत्ता

विदुर नगरपालिका-१० का अध्यक्ष गणेशकुमार नेपालका अनुसार बेत्रावती बजारका मात्र २४३ जना बेपत्ता छन्।उनीहरूका परिवारले अब खोजी छाडेर अन्तिम संस्कार गर्ने भनेर आफूलाई जानकारी दिएको उनले बताए।‘मेरो वडा रहेको बेत्रावतीमा रसुवाको पनि एउटा वडा पर्छ, त्यसको एक विद्यालय बगाउँदा २ सय विद्यार्थी बेपत्ता छन्, यो समेत जोड्दा २५३ को अवस्था अज्ञात छ’, उनले बुधबार बिहान नेपालखबरसँग भने, ‘मानवीय क्षतिका हिसाबले रसुवाको सहित जोड्दा सबैभन्दा बढी मेरै १० नम्बर वडामा हो।’

उनका अनुसार बेत्रावती ऐतिहासिक स्थान भएकाले पछिल्लो दिन बजार तीव्र रूपमा विस्तार भइरहेको थियो। जसले गर्दा यहाँ बसोबास बाक्लिएको थियो।बाढी आउँदा बजारमा कति मानिस थिए भन्ने यकिन विवरण निकाल्नसमेत अहिले कठिन भइरहेको वडाध्यक्ष नेपालको भनाइ छ।

तर बेपत्ता कतिपय मानिसका परिवारले भने आश मारेका छन्।‘हराएका आफन्त जीवित भेट्ने सम्भावना न्यून हुँदै गएपछि काजकिरिया गर्न सुरु गर्न थाल्नुभएको छ,’ उनले सुनाए, ‘मैलेअन्तिम संस्कारका लागि राज्यले दिने पैसा दिन सीडीओ कार्यालयलाई खबर गरिदिएको छु। आज ८ दिनभयो, अब अन्त्येष्टि थाल्नुभयो।’

बेत्रावतीमा मात्र ३१४ घरमा बाढीले क्षति गरेको र १२ सय परिवार विस्थापित भएको उनको भनाइ छ।खोजीका क्रममा भदौ १५ गते बेत्रावतीस्थित एउटै घरमा २३ वटा शव फेला परेका छन्।वडाध्यक्ष नेपालका अनुसार यहाँबाट बाढीमा बेपत्तामध्ये कतिपय भाडामा बसेका मानिस पनि थिए।उनीहरूका आफन्तले खोजी गरिरहेका छन्। तर उनीहरूको संख्या पत्ता लाग्न समय लाग्ने विदुर नगरपालिका-१० का अध्यक्ष नेपाल बताउँछन्।

यस्तै त्रिशूली र ढुंगे बजार रहेको विदुर नगरपालिकाकै १ नम्बर वडाका अध्यक्ष लेलिन रन्जितले पनि बेपत्ताको स्थिति पत्ता नलागेपछि पीडित परिवार कुशको शव बनाएर अन्तिम संस्कारमा जुटेको बताए।‘मेरो वडामा पर्ने त्रिशूली र ढुंगेबाट ७२ जना बाढीपछि बेपत्ता हुनुहुन्छ, अब म आफैँले उहाँका परिवारको अन्तिम संसकारका लागि पहल थालेको छु’, उनले भने, ‘भाडामा बस्ने मानिस हराइरहेको भनेर तस्बिरसहित मानिस आइरहेका छन्, संख्या अझै प्रस्ट आइसकेको छैन।’

वडाबाट बेपत्तामध्ये सबैभन्दा बढी जोशी परिवारको भएको उनले बताए।‘एउटै घरबाट ५ जना, ४ जना र कसैको २ जना बेपत्ता हुनुहुन्छ, उहाँहरूको कतिपयको त अन्तिम संस्कार गर्ने पनि छैनन् होला, त्यही भएर केही दिन कुर्ने अनि सामूहिक बस्ने भन्नुभएको छु’, वडाध्यक्ष रन्जितले भने, ‘बाँकी किरिया बस्नुभयो, कोही यतै काठमाडौँमा।’ बाढी आएको बखत त्रिशूली र ढुंगे बजारमा २७ सय मानिस रहेको हुनसक्ने उनले बताए।

बाढीले तहसनहस पारेको विदुरकै वडा नम्बर ५ र ७ मा पनि बेपत्ताहरू फेला नपरेपछि काजकिरिया थालिएको छ।७ नम्बर वडाका अध्यक्ष रवीन्द्र नेपालका अनुसार बाढीले तीनवटा मुख्य बजार नै बगाएको छ।

‘तुप्चे, सोले, सेतीटार र अक्करेमा ६५ जना बाढीमा हराएको पुष्टि भयो’, उनले भने, ‘सोले र सेतीटारतिरको त एउटै परिवारको ८ जना हराइरहेका छन्। त्यहाँ त थोरै मानिस मात्र जोगिए कि भन्नेछ।’

सोलेकै पत्रकार निराजन पौडेलले आमाबुबा, काकाकाकी र बहिनी गरेर ५ जना हराइरहेको बताएका छन् ।उनले पनि आजै कुशको शव बनाएर अन्त्येष्टि गरे।बाढीले देवीघाट बजारबाट १८ जना बेपत्ता भएको ५ नम्बर वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए। उनीहरूमध्ये कतिपयका परिवारले पनि आजै अन्तिम संस्कार गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस