चीनको जलस्रोत मन्त्रालयले भोटेकोसीको शिरमा खोला थुनिएर बिहीबार बिहानसम्ममा २० लाख घनमिटर पानीको तलाउ बनेको बताएको छ। तालबाट पानी ओभरफ्लो भएर बग्न थालेको छ।
आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी सो ठाउँमा आउने अनुमान गरिएको छ। मन्त्रालयलाई उधृत गर्दै सीसीटीभीले जनाएअनुसार सो ताल फुट्न सक्ने उच्च जोखिम छ।
यो ठाउँ नेपाल–चीन सीमा नजिकैको केरूङ काउन्टीमा पर्ने छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगमस्थलमा पर्छ। जुन रसुवागढी नाकाबाट करिब २.५ किलोमिटर टाढा पर्छ।
मन्त्रालयले सो तलाउको स्थिति निगरानी गरिरहेको र अचानक त्यो फुटे आपतकालीन उद्धार कसरी गर्ने भन्ने सम्बन्ध अध्ययन गरिरहेको पनि उल्लेख गरेको छ। सम्भावित बाँध फुट्ने अवस्थालाई ध्यानमा राख्दै काल्पनिक परिस्थतिको अभ्यास र विश्लेषण गरिरहेको पनि जनाइएको छ।
बुधबार आएको बाढीले नेपालमा भयानक विनाश गरेको छ। हालसम्म २७० जनाको शव भेटिएको छ भने करिब एक हजार हराइरहेका छन्।त्यसैगरी, बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरूङ बन्दरगाहमा ठूलो क्षति पुर्याएपछि चिनियाँ पक्षले उद्धार टोली परिचालन गरेको बताएको छ।
आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्री विपदग्रस्त क्षेत्र पुगेका छन्। चीन आननङ ग्रुपका ८ इन्जिनियरहरूको समूहले ड्रोनबाट खोला थुनिएर ताल बनेको स्थानको तस्बिर खिचेको थियो।
बिहीबार बिहानसम्मको विवरणअनुसार उक्त घटनामा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको र दुई जनाको उद्धार गरिएको बताइएको छ। त्यसैगरी, २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

































Discussion about this post