Skip to main content

Nirvik Khabar

स्काउटको ‘ट्रुप लिडर ट्रेनिङ ः आरोहण’मा तीन प्रदेशका २ सय ३४ स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

Advertisements
Single Page Long - 2

चितवन –  चितवनमा तीन प्रदेशका स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । चितवन स्मार्ट स्काउट क्रुको आयोजनामा साउन २९ गतेदेखि सुरु भएको तीनदिने ‘टू«प लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम आइतबार सकिएको छ ।

स्काउटर विद्यार्थीहरूमा शारीरिक विकास, बौद्धिक विकास, समस्या समाधान गर्ने क्षमता, सामाजिक विकास, आध्यात्मिक विकास र अन्तर्राष्ट्रिय भ्रातृत्वको भावना विकास गर्ने उद्देश्यले साउन २९ गतेदेखि अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा सञ्चालन भएको तालिममा मधेश, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये एक सय ३४ जना छात्रा र एक सय छात्र रहेको सहभागिता रहेको थियो ।

तालिम इन्चार्ज आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन साँझ आयोजित ‘रेड फ्लावर सेरेमोनी’मा बोल्दै अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले स्काउटले विद्यार्थीको व्यक्तित्व र चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार स्काउटले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्नुका साथै नेतृत्व क्षमता विकास गर्छ ।

कार्यक्रममा बोदै नेपाल स्काउटका पूर्व कार्यबहक प्रमुख आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताइन् । उनले असल विद्यार्थी नै असल स्काउट बन्न सक्ने भन्दै स्काउटले विद्यार्थीलाई समाज सेवाका लागि समेत प्रेरित गर्ने बताइन् ।

‘रेड फ्लावर सेरेमोनी’लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुखअतिथि प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले नेतृत्व विकाससँगसँगै विद्यार्थीले जिम्मेवारीबोध गर्नुपर्ने बताए । उनले ‘आजका अनुशासित र प्रशिक्षित विद्यार्थी भोलिको असल समाजको सारथि हुन्’, उनले भने । कार्यक्रममा जिल्लास्थित विभिन्न विद्यालययका प्रधानाध्यापक, नेपाल स्काउट राष्ट्रिय युवा परिषद्का अध्यक्ष पुकार ढकाल, बागमती प्रदेश सदस्य जमुना शर्मा, बागमती प्रदेश युवा परिषद् अध्यक्ष गोविन्द पराजुली, गण्डकी प्रदेश युवा परिषद्का सदस्य सन्तोष गिरी, चन्द्रागिरी नगरपालिकाका प्रमुख आयुक्त प्रमोद सिग्देललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस