Nirvik Khabar

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

Advertisements
Single Page Long - 2

फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय अमेरिका र मेक्सिकोसहित ७ टोलीले दोस्रो चरण अर्थात् अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।समूह चरणका खेल रोमाञ्चक मोडमा पुग्दा युरोपेली र दक्षिण अमेरिकी पावरहाउसले नकआउट चरणको यात्रा तय गरेका हुन् ।

यसपटक अन्तिम ३२ मा स्थान पक्का गर्ने टोलीमा दक्षिण अमेरिकाबाट उपाधि दावेदार अर्जेन्टिना र कोलम्बिया रहेका छन् । त्यस्तै युरोपेली क्षेत्रबाट बलिया टोली जर्मनी, फ्रान्स र नर्वेले पनि सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणको टिकट काटेका हुन् ।

घरेलु मैदान र समर्थकको भरपूर फाइदा उठाउँदै उत्तर अमेरिकी महादेशका आयोजक राष्ट्र अमेरिका र मेक्सिकोले पनि समूह चरण पार गरेका छन् । ४८ टोली सहभागी यस विश्वकपमा बाँकी टोलीका लागि पनि अन्तिम ३२ को दौड निकै प्रतिस्पर्धात्मक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस