Nirvik Khabar

सिकाइ चौतारी प्रयोगबारे चितवनमा दुईदिने अन्तरक्रिया सम्पन्न

Advertisements
Single Page Long - 2

चितवन, — चितवन जिल्लाभित्रका सातै स्थानीय तहका शिक्षा शाखा प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाई, विस्तारित शिक्षा तालिम इकाईका प्रमुख, विद्यालयका प्रधानाध्यापक, आईसीटी शिक्षक तथा अन्य शिक्षकहरूको सहभागितामा ‘सिकाइ चौतारी’ प्रयोग सम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा नारायणी नमुना माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा ‘सिकाइ चौतारी’ को प्रभावकारी प्रयोगमार्फत विद्यार्थीहरूको सिकाइ उपलब्धि कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बासुदेव वस्ती तथा शाखा अधिकृत रेनुका अधिकारीले सहजीकरण गर्नुभएको थियो। शिक्षा विकास तथा समन्वय इकाई चितवनका शाखा अधिकृत रमेश अधिकारीका अनुसार उक्त कार्यक्रमले शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षण सिकाइमा अभ्यस्त बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘सिकाइ चौतारी’ वेब पोर्टल तथा मोबाइल एपमार्फत सञ्चालन हुने अनलाइन सिकाइ प्रणाली हो, जसले विद्यार्थीहरूलाई सहज र प्रभावकारी ढंगले सिकाइ सहजीकरण गर्ने लक्ष्य राखेको छ। यस प्रणालीको प्रयोगले सिकाइ प्रक्रियालाई दिगो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

तस्वीरहरू : ्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस