Nirvik Khabar

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ घाइते

Advertisements
Single Page Long - 2

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। पाँचथर, बाँके, कैलाली, मकवानपुर, मोरङ, राैतहट र सर्लाहीमा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो।पाँचथरको हिलिहाङ गाउँपालिका-५ बञ्चरेडाँडामा मे.१ च ६०२९ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीमा सवार हिलिहाङ गाउँपालिका-५ सुभाङ बस्ने २४ वर्षीय आवास माबो रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरि बाँकेको जानकी गाउँपालिका-४ नहर खजुरास्थित सडकमा रा.१ ख ३१४५ नम्बरको ट्रकले भे.१० प ६०६५ नम्बरको मोटरसाइकल र लु. प्र.०३-००१ प ४०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति भएको दुर्घटनामा भे.१० प ६०६५ नम्बरको मोटरसाइकल चालक बर्दिया गुलरिया नगरपालिका-९ डब्बा गाउँ बस्ने ४० वर्षीय मो।अहमद जोलाको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा घाइते भएका भे.१० प ६०६५ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भारतको लखनउर्फ रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।त्यसैगरि कैलालीको टीकापुर नगरपालिका-१ वन कार्यालय नजिक सु.प.प्र-०१-००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश शाही रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको टीकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो।त्यसैगरि मकवानपुरको बागमती गाउँपालिका-८ न्यूरेनीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्ण बहादुर विक रहेका छन्। उनको गए राति मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार रहेका मोटरसाइकल चालकको खोजी जारी छ।त्यसैगरि मोरङको केराबारी गाउँपालिका-३ हचुवामा पनि अटोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। को.१ ह ७९६५ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय भीम बहादुर तुम्साको बिहीबार राति मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।त्यसैगरि सर्लाहीको कबिलासी नगरपालिका-७ सिरसिया स्कुलस्थित सडकमामा पनि गाडीबाट लडेर एक युवकको मृत्यु भएको छ। मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना.१ ज ५८५५ नम्बरको म्याजिक गाडीबाट लडेर गम्भीर घाइते भएका हरिपुर नगरपालिका-९ बस्ने २८ वर्षीय धनराज यादवको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरि रौतहट, गढीमाई नगरपालिकामा पनि ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गढीमाई-७ स्थित सडकमा ना. ६ त ९६८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्याक्टर चालक २८ वर्षीय रंजित साहको घटनास्थलमै मृत्यु भएको हो।यी सबै दुर्घटनाका सम्बन्धममा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस