Nirvik Khabar

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Advertisements
Single Page Long - 2

नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि ४१५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ९२० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस