Nirvik Khabar

रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा चैत १ देखि नियमित सुनुवाइ

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश भएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले लामिछानेको मुद्दा फिताविरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश दिएको हो। यस रिटमाथि चैत १ गते पेशी तोकिएको छ। सर्वोच्चले यस मुद्दामा हेर्न नहुने गरी पेशी तोक्न भनेको छ। त्यस्तै, यसमा स्थगित गर्न नपाइने पनि आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘यसमा विपक्षीहरूको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिँदा हेर्न नहुनेबाहेक गरी पेशी स्थगित नहुने गरी प्रस्तुत मुद्दामा मिति २०८२/१२/१ गते नै पूर्ण सुनुवाइका लागि पेशी तोकी नियमानुसार पेश गर्नू।’

सरकारले लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसका विरुद्ध युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अभिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ। अब यस मुद्दामा फैसलाका लागि चैत १ गतेदेखि पूर्ण सुनुवाइ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस