Nirvik Khabar

३ किशोर सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते

Advertisements
Single Page Long - 2

धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। गएराति कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएकाे हाे। दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन्।

दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो।मोटसाइकलको पछाडि सवार साेही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो।कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन्। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ। दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस