Nirvik Khabar

अक्सफोर्ड कलेजको ‘Oxford Mela 2025’ ले गैंडाकोटलाई शैक्षिक उत्सवको केन्द्र बनायो

Advertisements
Single Page Long - 2

गैंडाकोट – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा ‘Oxford Mela 2025’ को भव्य उद्घाटन समारोह कलेज प्राङ्गणमा गरिमामय वातावरणमा सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने यस मेलामा शैक्षिक, खेलकुद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्।

उद्घाटन समारोहको सभापतित्व कलेजका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन डा. दयाराज ढकाल हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा गैंडाकोट नगर प्रमुख  मदनभक्त अधिकारी र उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष  अमृत भट्टचनको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य BCA विभागीय  सुसान्त तिवारीले राख्नुभएको थियो। साथै प्रज्ञा एकाडेमीका प्रिन्सिपल कपिल लामिछाने, मध्यबिन्दु मल्टिपल क्याम्पसका प्रिन्सिपल प्रा. गणेशमान गिरी र मेला संयोजक सक्षम भट्टराईले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभापति डा. भण्डारीले कलेजको २५ वर्षे सफल यात्राको समीक्षा गर्दै ‘राम प्रसाद चापागाईं (चञ्चल) छात्रवृत्ति योजना’ प्रारम्भ गर्ने घोषणा गर्नुभयो। उक्त योजनाबाट असाधारण प्रतिभाशाली तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच दिलाउने लक्ष्य राखिएको छ।

कार्यक्रमकै अवसरमा कलेजले ११ प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्यको ज्ञापनपत्र (MOU) आदान–प्रदान गरेको छ, जसले शैक्षिक सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रमुख अतिथि डा. ढकालले अक्सफोर्ड कलेजलाई पोखरा विश्वविद्यालयकै अग्रणी कलेजको रूपमा वर्णन गर्दै नवप्रवर्तन र व्यावहारिक सीप विकासमा युवालाई प्रेरणा दिनु महत्वपूर्ण रहेको बताउनुभयो। विशिष्ट अतिथि अमृत भट्टचन र मदनभक्त अधिकारीले विद्यार्थीको नेतृत्व विकासमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

‘Oxford Mela 2025’ अन्तर्गत कोड वार, ब्रिज मोडलिङ, बिजनेस पिच, सर्किट डिजाइन, मोकटेल, कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल डिस्कसन, करियर गाइडेन्स, पब्जी र बास्केटबल टुर्नामेन्टसहित १३ कार्यक्रम समावेश छन्। पहिलो दिनका कार्यक्रमहरू उत्साहजनक रूपमा सम्पन्न भएका छन्।

कार्यक्रमको संचालन कलेजका उप–प्राचार्य कृष्णहरि पौडेलले सुमधुर शैलीमा गर्नुभएको थियो। आयोजकका अनुसार, मेलाले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र स्थानीय समुदायबीच सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस