Nirvik Khabar

नीति तथा कार्यक्रम: मेक इन नेपाल र मेड इन नेपालको अभियानमा सरकार

Advertisements
Single Page Long - 2

काठमाडौं । सरकारले मेक इन नेपाल र मेड इन नेपालको अभियानलाई अँगाल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९– ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी उत्पादनलाई प्रबद्र्धन र विस्तार गर्न निजि क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने बताएकी हुन् ।

मंगलबार सरकारकाे आर्थिक वर्ष २०७९– ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै ग्याँस र पेट्रोलियम पदार्थको उत्पादन गरिनेसमेत बताएकी छिन् ।राष्ट्रपतिले सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०७९–८० का लागि वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी हुन्।

अर्थमन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा आधारित रहने बताएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस