Skip to main content

Nirvik Khabar

गण्डकी सहकारीमा ८ करोड बढी मुनाफा

Advertisements
Single Page Long - 2
  • प्रेम क्षेत्री

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटले गत आर्थिक वर्षमा ८ करोड ४ लाख २८ हजार ३ सय ४१ रुपैयाँ मुनाफा गरेको छ । शनिवार श्रीराम पार्टी प्यालेसमा भएको संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा एकीकरण घोषणा सभामा सो जानकारी गराइएको हो । शनिबार नै कलश बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण घोषणा गरिएको छ । यसअघि पटक–पटक गरी गण्डकीमा गैँडाकोटका ८ वटा सहकारी एकिकरण भईसकेका छन् ।

सहकारीका अध्यक्ष पोषणराज सुवेदीले एकीकरणपछि संस्थाको कुल सम्पत्ति १ अर्ब ९६ करोड २९ लाख ७९ हजार पुगेको जानकारी दिनुभयो । उहाँले उत्कृष्ट सेवा तथा सूरक्षाको सर्वोत्तम छनोटको रुपमा संस्थालाई स्थापित गराउन सोही खालका कार्यक्रम तय गरिएको समेत बताउनुभयो ।

साधारण सभामा सचिव कुलप्रसाद पाण्डेले आर्थिक वर्ष २०७९/०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले संस्थागत विकास तथा प्रवर्धन कार्यक्रम, सदस्य सेवा कार्यक्रम, सामाजिक कार्यक्रम, सहकारी प्रवर्धन कार्यक्रम, प्रविधिगत कार्यक्रम, सूचना, शिक्षा तथा तालिम कार्यक्रम अन्तर्गत विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले यस वर्ष कुल सम्पत्ति २ अर्ब १३ करोड पुराउने लक्ष्य लिएको बताउनुभयो । उहाँले यस वर्ष ९ करोड ८ लाख बढी मुनाफा हुने अनुमानित आय व्यय विवरण पेश गर्नुभएको थियो । साथै गत आर्थिक वर्षको १३ प्रतिशतका दरले लाभांश वितरण गरिने जानकारी दिनुभयो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गोविन्द सुवेदीले ११ वटा सुझाव राख्नुभएको थियो । संस्थाको डिजिटल प्रविधिसेवालाई जोड दिन, घर जग्गामा भएको लगानीलाई निरुत्साहित गरी उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन, भाका नाघेका ऋणहरुलाई ताकेत गरी असुली गर्न बढाउन सुझाव दिनुभयो ।

साधारण सभा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मीहरु गम्भिर बन्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी सहकारी समुदायको उत्कृष्ट वित्तीय सहकारीका रुपमा स्थापित भएको बताउनुभयो ।

संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारीलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । कार्यक्रममा वडाअध्यक्षहरु सुरेन्द्र रेग्मी, प्रकाश सापकोटा, सहकारीका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

सहकारीले वित्तीय तथा गैर वित्तीय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतीका साथै १८ प्रकारका बचतका कार्यक्रम र १७ प्रकारका ऋणका कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले ७ वटा सेवा केन्द्र कार्यालयमाफर्त सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं भन्ने आह्वानका साथ अघि बढेको सहकारीले समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको परिकल्पना गरेको छ ।

VIJAYA FM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस