Nirvik Khabar

एक हजार अस्थायी आवास निर्माण गर्दै कांग्रेस

Advertisements
Single Page Long - 2

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर-टहरा) निर्माण अभियान सुरु गरेको छ ।

भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जाजरकोट जिल्लाको नलगाड नगरपालिका-५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कांग्रेसको उक्त अभियानलाई सहयोग गर्न प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मीलगायत जाजरकोटमा पुगेर अस्थायी आवास निर्माणमा जुटेको कांग्रेसले जनाएको छ ।  उक्त अभियानमा नेविसङ्घका नेता, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवक संलग्न रहेको विश्वकर्माले बताए ।अभियानमा थप क्रियाशील भएर लाग्न पार्टीका सबैलाई अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस