Nirvik Khabar

अधिवेशनमा ओलीले बोकेका ढुङ्गेल र दाहालबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षका दावेदारमध्ये दुई जनाबीच चुनाव हुने देखिएको छ । सानु श्रेष्ठ र केशव बुढाथोकीले उम्मेदवारी फिर्ता लिएपछि कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

एमाले बागमती प्रदेश इन्चार्ज तथा अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालका अनुसार सानुकुमार श्रेष्ठ र केशव बुढाथोकीले बिहीबार साँझ उम्मेदवारी फिर्ता लिएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघोषित रुपमा कैलाश ढुङ्गेललाई बोकेर हिँडेपछि अन्यायमा परेका दाहालले प्रतिस्पर्धाभन्दा बाहिर जान नसकिने बताएका हुन् । गत निर्वाचनमा मकवानपुरबाट उम्मेदवारी पाउने बेलामा राप्रपा नेपालका कमल थापालाई सघाएर दाहाललाई अन्याय गरिएको थियो । तर ओलीले उनलाई केन्द्रीय सदस्य पनि मनोनयन नगरेपछि प्रदेश अध्यक्षमा आफ्नो दावी नछाडेका हुन् ।

उनको पक्षमा काठमाडौं , चितवन, नुवाकोट, धादिङ, सिन्धुली र मकवानपुरका धेरै जसो प्रतिनीधिहरुले सहयोग गर्ने भन्दै लबिङ गरिरहेका छन् । जसले गर्दा ढुङ्गेलको भन्दा दाहालको पल्लाभारी देखिएको छ । तर अध्यक्ष ओलीले भने जसरी पनि ढुङ्गेललाई जिताउन निर्देशन दिएका छन् । अध्यक्षका अर्का उम्मेदवार बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले पनि मनोनयन फिर्ता गरेर दाहालको पक्षमा वकालत गरिरहेका छन् ।

निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । बिहीबार उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ र बुढाथोकीले अध्यक्षका लागि ढुङ्गेललाई सघाउने भनिए पनि उनीहरूले बाहिर केही बोलेका छैनन् । कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरु हुनेछ । असोज ८ गते भृकुटीमण्डपमा अध्यक्ष ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, कृष्णभक्त पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस