Nirvik Khabar

चितवनमा टाटाको टियागो इभी र पन्चको बिक्री शुभारम्भ

चितवन –  टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भरतपुुर–१० स्थित रिजाल चोकमा तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा टाटाको नयाँ उत्पादन बिक्रीका लागि ‘सेढाई होल्डस’ सञ्चालनमा आएको हो । सेढाई होल्डसमा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देश सेढाईले बताउनुभयो ।

सोही कार्यक्रममा नेपालमा भखरै सार्वजनिक भएको टाटाको टियागो इभी तथा टाटा पन्च नामका दुई नयाँ गाडीहरुको बिक्री शुभारम्भ गरिएको हो । कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापती तथा सेढाई होल्डसकी अध्यक्ष शर्मिला सेढाईले दुवै गाडी चितवनमा सार्वजनिक गर्नुभएको हो । शोरुमको उद्घाटन समारोहमा बोल्दै सिजापतीले भन्नुभयो, “टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हामो प्रयत्नलाई सबल बनाएको छ ।

ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौँ ।” मोटर्सकाका व्यवस्थापकीय प्रमुख सेढाईले कार्यक्रममा सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्चस्तरको सेवा स्थानीय स्तरमै दिन पाउदा खुशी लागेको बताउनुभयो । समुच्च जिपटन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको भन्दै सेढाईले गाडीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आराम रहेको बताउनुभयो ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधार स्तम्भहरु मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा भएको बताउनुभयो । पन्च गाडी हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित रहेको उहाँको भनाइ छ । यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमिट छाप छोड्ने विश्वास लिएको कार्यक्रमकी प्रमुख अतिथि सेढाई होल्डसकी अध्यक्ष शर्मिला सेढाईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस