Nirvik Khabar

यातायात कार्यालय भरतपुरबाट तीन महिनामा छ हजार बढीलाई सवारी चालक अनुमति पत्र

चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरबाट तीन महिनामा ६ हजार २६२ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । सावारी चालक अनुमती पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेर अनुमतिपत्र प्राप्त गरेका हुन् । कार्यालयले नयाँ सवारी चालक अनुमति पत्रका लागि वि. सं. २०७९ साल चैत २६ गतेबाट बायोम्याट्रिक सुरु गरेको थियो ।

बिभिन्न वर्गमा उनीहरुले नयाँ सवारीचालक अनुमति पत्र लिएका हुन् । कार्यालयका सूचना अधिकारी गोबिन्द पौडेलका अनुसार ५ हजार २५० जनाले नयाँ सवारी चालक अनुमति पत्र लिएका छन् भने १ हजार १२ जनाले वर्ग थप गरेका छन् । उहाँका अनुसार नयाँ अनुमति पत्रका लागि २२ हजार ६७८ जना र वर्ग थपका लागि ५ हजार ९१३ जनाले आवेदन दिएका छन् ।

यस कार्यालयबाट गत आर्थिक वर्षमा १३ हजार ४१२ जनाले सवारी चालक अनुमति पत्र नविकरण गरेका छन् । सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा कार्यालयमानै हुने गरेको छ भने प्रयोगात्मक परीक्षा महालक्ष्मी मोटर ड्राइभिङ् सेन्टरमा हुन्छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । पौडेलका अनुसार कार्यालयले रु ७० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा रु ८१ करोड ८७ लाख १८ हजार ७५१ संकलन गरेको छ ।

रु ११ करोड ८७ लाख १८ हजार ७५१ राजस्व लक्ष्यभन्दा बढि संकलन गरेको हो । सवारी नविकरण, सवारीचालक अनुमति पत्र नविकरण, नयाँ जारी लगायतका कामबाट राजस्व संकलन भएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा ६ हजार ७२० सवारी साधनको नविकरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस