Nirvik Khabar

बचतकर्तालाई बेसहारा बनाउदै साहारा चितवन बहुउद्देश्यीय सहकारी

निर्भीक खबर
निर्भीक खबर

भरतपुर २४ जेठ ।
चितवनको भरतपुर, टाँडी र पर्सामा रहेकाे साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थांले ७ हजार सर्वसाधारणको करिब ८० कराेड भन्दा बढि रकम तिर्न नसके पछि गत कात्तिक महिना देखि रकम भुक्तानी सेवा बन्द छ। सहकारी शाखाका व्यवस्थापक फोन बन्द गरेर सम्पर्क विहीन भएपछि बचतकर्ताले संघर्ष समिति नै बनाएर  प्रदेशको सहकारी विभागमा उजुरी दिने तथा थप दबाबका कार्यक्रम सुरूगरेका छन् ।

संघर्ष समितिका जिल्ला सयाेंजक शालिकराम दुवाडीले भने “दु:ख पर्दा सहारा होला कि भनेर बचत गरेको  रकम अहिले माग्न जादाँ पाइदैन” उनका अनुसार  चितवनमा मात्रै ७ हजार बढि बचतकर्ता रहेको र ८० कराेड बढि निक्षेप रहेको बताए । उनले पटकपटक सहकारीका सञ्चालक समिति सगं कुराकानी गर्न खाेज्दा सम्पर्कमा नै नआएपछि जिल्ला प्रशासन, जिल्ला प्रहरी हुँदै प्रदेशको सहाकारी बोर्ड सम्म उजुरी दिइएकाे बताए। दु:खमा सहज हाेला भनेर राखेकाे पैसा अहिले आर्थिक मन्दी भएकाे बेला पैसा दिनु भन्दा डाडाँपाखाकाे जग्गा देखाउने गरेकाे उनले बताए।

सहकारीमा जम्मा भएकाे रकम कहाँ लगानी भएकाे भनेर सञ्चालक समितिले हिसाब किताब नदेखाउने गरेकाे र आर्थिक तरलताले देशभरका  सहकारीमा समस्या रहेकाे, काेभिडकाे असर परेकाे भन्दै सहकारीका कर्मचारीहरु उम्किन खाेज्ने गरेकाे सहकारीका बचतकर्ताहरु बताउछन्।

पैसा माग्न जादाँ आफुहरुसगं नगद पैसा नभएकाे भन्दै मकवानपुर र ललितपुरकाे सिमानामा रहेकाे ठिङ्गुनाकाे जग्गा, काठमाडौ सुरुङमार्ग माथि रहेकाे दाहा खानि लगायतकाे जग्गा देखाउने गरेकाे भरतपुर-९ का पुर्णभद्र कडेंलले बताउनुभयो। सहकारीमा ३ कराेड बढि आफ्नो रकम रहेकाे तर जग्गा भने मुल्यहिन विभिन्न कम्पनीको नाममा रहेकाे जग्गा देखाउने गरेकाेभन्दै उनले सहकारिकाे रकम जग्गामा लगानी गर्न नपाउने र जग्गालिनलाई नभै दु:खमा काम लाग्छ भनेर पैसा जम्मा गरेकाेले बचत सुरक्षित छ भनेर साहाराले प्रमाण दिन पर्ने बताउनुभयो।

सहकारीको पैसा गोर्खा ग्रुप अफ कम्पनीबाट संचालित नेचर हब्स इन्टरनेसनल प्रा.लि, ग्यालेक्सी फोर के टेलिभिजन लगाएत विभिन्न सस्थांमा लगानी भएको आशकां गरिएको  डिल्ली प्रसाद सापकोटाले बताए। साहाराको पुर्व अध्यक्ष तथा सरंक्षक जिवि भनिने जितेन्द्र बाबू राई र सस्थांकाे सञ्चालक कुमार रम्तेल हुन उता नेचर हब्सका सञ्चलक पनि उनिहरु नै हुन त्यसैले यहाँको पैसा जग्गा, नेचर हब्स, गोर्खा ग्रुप मै गएको अनुमान रहेको उनले बताए।

साहारा सहकारीमा सघर्ष समिति सहित बचतकर्ताको बचतको बिषयमा बुझ्न   खाेज्दा बचतकर्तालाई नै कुमार रम्तेलले अनर्गल  प्रचार गरेर सहकारी बदनाम गराउन खोजेको भन्दै  फाेन गरेर धम्काउन खाेजेका छन्। भने कर्मचारीहरु भागेका छन्। अहिले सहकारीहरू बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि धमाधम भाग्न थालेका छन् ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available