Nirvik Khabar

जैमिनी २ मा ८७ किशोरीले लगाए एचपीभी ख‍ोप

बागलुङ – जैमिनि २ दमेकमा ८७ जना किशोरीले एचपीभी ख‍ोप लगाएका छन । पाठेघरको क्यान्सर विरुद्दको एच पी भी खोप अभियान अन्तर्गत जैमिनि-२ मा कक्षा ६ मा अध्ययन गर्ने ११ जना तथा कक्षा ७ देखि १० सम्मका ७६ गरि ८७ जना किशोरीलाई ख‍ोप लगाईएको हो ।

दमेक स्वास्थ्य चौकीका प्रमुख हेम कमल क्षेत्रीले उत्साहपुर्वक खोप अभियान जैमिनी २ मा सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार माघ २२ गतेदेखि सुरु भएको एचपीभी खोप अभियान ६ देखि १० कक्षासम्मकालाई सञ्चालन गरिएको थियोे ।

यो अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षा र भविष्यमा पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगबाट जोगाउने छ ।
नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ। पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) का कारण हुने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस