Nirvik Khabar

नवलपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

Advertisements
Single Page Long - 2

कावासोती । नवलपुरमा विषालु सर्पको टोकाईबाट एक जना बालिकाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं; १६ अमरापुरीमा डेरामा बस्ने एक परिवारको ९ वर्षिया छोरी मनिसा आले मगरको ज्यान गएको हो ।

बुलिङटार गाउँपालिका स्थायी ठेगाना रहेको आले मगरलाई बुधवार बिहान करेट सर्पले डसेको हो। सर्पदंश भएको समयमै यकिन नहुँदा उनलाई तीन घण्टा पछि मात्र अस्पताल पुर्याइएको थियो ।

उनको समयमै उपचार हुन नपाउँदा ज्यान गएको हो । सर्प संरक्षण, उद्दार तथा सर्पदंश सम्बन्धि सचेतनाको अभियानमा लागेका देवचुलीका अश्विन ओझाले घटनाका बारेमा जानकारी दिदै अझै पनि सर्पदंश सम्बन्धि सचेतनाको कमी भएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस