काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको छ । आइतबार १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२७९ जनाको पीसीआर परीक्षण गरिएकामा ५.७४ प्रतिशतमा कोरोना देखिएको हो । यो निकै नै बढी हो । आज दुई जनामात्र संक्रमण मुक्त भएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ४२ पुगिसकेको छ ।एकैदिन १५ हजार ५५९ जनाले खोप लगाएका छन् ।
निकै बढी संक्रमित भएको अनुमान
मन्त्रालयले नै निकै नै धेरै संक्रमित भएको अनुमान गरेको छ । एक अधिकारीका अनुसार आजकल रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षण भएका बिरामीहरु अस्पताल गएर परीक्षण गराउनुको सट्टा घरमै आराम गरेर निको पार्न थालेका छन् ।
पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या नभएकाले पनि बेवास्ता गर्ने गरिएको उनको बुझाइ छ ।मन्त्रालयले पटक पटक सूचना सार्वजनिक गर्दैै बुस्टर डोज लगाउन आग्रह गरिरहेको छ ।भारतमा पनि कोरोना बढेको र खुला सीमाका कारण आवत जावतमा कडाइ नभएकाले तीव्र गतिमा नेपालमा संक्रमण बढेको बताइएको छ ।
वल्डोमिटर्सका अनुसार भारतमा शनिबार मात्रै एक हजार ८९० जना नयाँ संक्रमित थपिएका छन् । सात जनाको ज्यान गएको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या नौ हजार ४३३ रहेको छ ।
Discussion about this post