१. हर्मोनल परिवर्तन
विवाहपछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरीरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुन सक्छ ।
२. निन्द्रा नपुग्नु
विवाहपछि ब्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरू पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७/८ घण्टा राम्रोसँग नसुत्दा शरीरको मेटाबोलिज्म कम हुने गर्दछ, जसले तौल बढ्ने गर्दछ ।
३. तनाव
विवाहपछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरू तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ, जसले तौल बढ्ने गर्दछ ।
४. सोचमा परिवर्तन
मानिसहरू विवाहपहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिट्नेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरू छुट्ने गर्दछन्, जसले तौल बढ्छ ।
५. दैनिकीमा परिवर्तन
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाहपछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरू ब्यायामका लागि समय निकाल्न सक्दैनन् । शारिरिक रूपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।
६. उमेरको असर
आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकि अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिज्मको रेट कम हुन्छ, जसका कारण तौल बढ्छ ।
७. आउटिङ
विवाहपछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिङ भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाई क्यालोरी खाना तौल बढाउनका लागि जिम्मेवार हुन्छ ।
८. डाइटमा परिवर्तन
विवाहपछि आफन्तकोमा जानुपर्ने रीतिरिवाज हुन्छऽ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानका लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ ।































Discussion about this post