Nirvik Khabar

कांग्रेस नेता चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ ।ग्यास सिलिन्डरबाट सल्किएको आगो लागेपछि उनी सिकिस्त भएका थिए भने उनीकी आमाको बिहीबार उपचारकै क्रममा निधन भएको थियो ।

नेता भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ ।सँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।

शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने उनले जानकारी गराएका छन् ।चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनुपर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस