Nirvik Khabar

को हुन त रेजिका रेजिका ? दोहोरीकि रानी

ताप्लेजुङ- “हुँने विरुवाको चिल्लो पात’’ भने झै पुर्वि नेपालको पुर्विय लोक भाकाले जन्माएको गित संगितको फुलको रुपमा हामीले सुन्नै पर्ने नाम हो रेजिका थापा। रेजिकाको जन्म भनेको पुर्वि नेपाल ताप्लेजुङ जिल्लाको साविक खोक्लिङ गा.वि.स. वडा नं.६ थापा गाउमा भएको हो। रेजिका थापा आफ्नो पुर्ख्यौली गाउ ठाउवाट थप अध्ययन र गित संगितको सिलसिलामा हाल झापा जिल्ला विर्तामोड नगरपालीका वडा नं.६ मा वसोवास गर्दै आउनु भएको छ ।

बहु प्रतिभाको धनि गायन क्षेत्रको पारखीको रुपमा वाल्यकाल देखि नै चिपरिचित गायिका रेजिका थापालाई जन्म दिने भाग्यमानी पिता रामकुमार थापा र माता दमयन्ता थापा हुँन। रजिकाका पिता रामकुमार थापाको पुर्ख्यौली जन्मथलो भनेको नेपालको पुर्वि जिल्ला ताप्लेजुङको साविक खोक्लिङ गा.वि.स.वडा नं.६ हाल मिक्वाखोला गाउपालीका वडा नं.२ हो। उनको पिताको वाल्यकाल पनी उकाली उराली भन्ज्याङ चौतारी गर्दै लोक भाकाको सामिप्यमा रही हुर्केको कारण पनी छोरीमा पनी यो गायन क्षेत्रमा लगाव हुँने वाताबरण मिलेको हुँनु पर्छ।उनको पारिवारीक पृष्ठभुमीलाई हेर्ने हो भने संगित प्रति चासो राख्ने परिवार नै रहेको पाईन्छ। पिता पेशाले कानुन ब्यवसायी रहेपनी गित संगितमा छोरा छोरीको प्रगतीहोस जसले समाजलाई खुसी सुखी राख्ने कुरामा सहयोग मिलोस भन्ने कामना गर्ने ब्यक्तित्व नै हुँनुहुन्छ।

 

गायक रेजिका थापाको वाल्यकाललाई हेर्ने हो भने हामी सबैको अध्ययनको विषय वस्तु नै बन्न सक्छ। उनको जन्म २०५४ सालमा भयो उनी हुर्कदै जाने क्रममा ३ बर्षको वाल्यकालमा नै छरछिमेक कसैको विवाह, पुजामा मादल, वासुरी बजेको सुन्ने वितिकै त्याहा जानु पर्ने, दशै,तिहार जस्ता चाड पर्वमा जान मन पराउने स्वाभाव थियो। कार्यक्रममा जाँदा उनलाई भोक लागेको, तिर्खा लागेको अनुभब नगर्ने, एकोहोरो भएर गित संगित वाजा गाजामा नै मन जाने, नानी खाना खान जाँउ भन्दा अहिले होईन यो कार्यक्रम सकेर मात्र खाना खान जाने भनी उल्टै अभिभाबकलाई एकछीन पर्खनु भनी अनुरोध गर्ने र कार्यक्रम नसकी घरमा नै नआउने, सो कार्यक्रम हेरीसकेपछी गित गाउने, वाजा वजाउनेले देखाएको हाउभाउलाई जस्ताको तस्तै नल गरी देखाउने क्षमता उनको सानै उमेर देखी नै देखिन्थ्यो। रेजिका थापाको वाल्यकाल देखि नै गित संगितमा लगाव जति थियो शिक्षा क्षेत्रमा पनी त्यति नै थियो संगित क्षेत्रमा लगावले उनको शिक्षा क्षेत्रमा कहिल्यै पनी प्रमाव पारेन।

उनले प्रारम्भिक शिक्षा भनेको उनको जन्मथलो ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालीकाको वडा नं. ४ मा अवस्थित अस्फोर्ड अग्रेजी आवासिय माध्यामिक विध्यालयमा भएको थियो,यस विध्यालयमा रहँदा देखि नै गायनको क्षेत्रमा वालकलाकारको रुपमा गित गाउन शुरु गरी विध्यालयवाट विभिन्न पुरस्कार समेत प्राप्त गरी सकेकी छिन, उनको निम्न माध्यामिक तहको शिक्षा भने नवज्योती अग्रेजी आवासिय विध्यालयमा भएको थियो, यस विध्यालयमा अध्यन गर्दा समेत गायन क्षेत्रमा धेरै ठुलो छलाङ मारेको देखेर विध्यालयको तर्फबाट, अभिभाबको तर्फवाट र संगित प्रेमी ब्यक्तित्वबाट र ब्यक्तीगत रुपमा पुरस्कार प्राप्त गरेकी हुँन। उनको माध्यामिक तहको शिक्षा भनेको मेची नगर नगरपालीका अन्तरगत रहेको ईष्ट होराईजन अग्रेजी माध्यामिक विध्यालयमा भएको थियो, यस विध्यालयमा रहँदा समेत गायन क्षेत्रमा विध्यालयवाट पुरस्कार प्राप्त गर्नु भएको हो। एस.एल.सि. पास गरी उच्च शिक्षा ११ र १२ न्युट्रन माध्यामिक विध्यालयमा पनी यो गायन क्षेत्रको लागावले निरन्तरता पायो, त्यसमा अभिभाबकको समेत साथ सपोर्ट भई नै रह्यो। उनको व्याचलर कोहेड कलेजबाट भएको हो। यस कलेजमा अध्ययन गर्दा समेत पढाईलाई र गित संगितको क्षेत्रलाई निरन्तरता दिई अगाडी वढ्नु भएको छ जुन हाल पनी लगातार अगाडी बढिरहेको छ। आफ्नो पढाईलाई र गायन क्षेत्रलाई समेत निरन्तरता दिई एकसाथ अगाडी बढाउन सक्ने क्षमता उनमा रहेको छ यस्तो क्षमता कमैमा मात्र हुँन्छ। उनको जिवनीलाई यस कारण पनी अध्ययन गर्नै पर्ने विषय बनाई हामीले बाहिर ल्याएका हौ।

यसरी गायक रेजिका थापा आफ्नो गायन क्षेत्रलाई निरन्तरता दिनको लागी मुख्य पहिलो प्रेरणाको श्रोत भनेको पिता माता नै हुँन भने दोश्रो प्रेरणाको श्रोत भनेको जुन जुन विध्यायलमा अध्ययन गरीन सोही विध्यायलका गुरु बर्गहरु र विध्यालय प्रसाशन र उनको लगनशिलता, मेहनत, निडरता र आत्माविश्वास नै हो भन्ने प्रष्ट हुन्छ।

गायक रजिका थापा जुन जुन विध्यालयमा उनले अध्ययन गरिन त्यस विध्यालयवाट उत्कृष्ट गायकको पुरस्कार पाउन सफल भएकी छीन यस्तो पुरस्कार सो विध्यालयमा सायद कसैले पाउन सकेको छैन। त्यसैले विध्यालयबाट समेत उनको जिबनीको अभिलेख राख्ने भनी पिता माताबाट उनको वाल्यकालको सुचना अभिलेखको रुपमा रेकर्ड नै राखेको कुरा हामीले जानकारी पाएका छौ, सो विध्यालयले समय समयमा हाम्रो विध्यालयमा यस्तो विधार्थि पनी थिईन भनी उनको जिवन कहानी सुनाउनु हुँन्छ भन्ने हामीले सुनेका छौ। उनलाई विध्यालयको नमुनाको रुपमा लिएको पाईन्छ।

हाल आएर गायक रेजिका थापाले आफ्नो शिक्षालाई निरन्तरता दिई आफ्नो गायनलाई पनी अगाडी वढाई आफ्नो जिल्लामा मात्र होईन देशै भरीको आम जनताको माया ममता प्राप्त गरी पाएको पुरस्कारले उनलाई सफल गायिका बनाएको छ र विदेशमा समेत उनको आवाज सुन्न आतुर रहेको अवस्था देखिन्छ। उनलाई विभिन्न कन्सर्टहरु र कार्यक्रममा उपस्थित गराउन आम जनताको माग बढिरहेको छ। उनको जिवनीलाई हेर्ने हो सानै देखि संघर्षपुर्ण कार्य गरेको, विभिन्न विध्यायलयमा अध्ययन गर्दा समेत उनको ईमान्दारीता, वोली ब्यवहार गित संगितले आम जनतालाई मन्त्र मुग्ध बनाएको प्रष्ट हुन्छ । उनको यो प्रतिभाले सधै निरन्तरता पावस। शुभकामना ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस