काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोभिड १९ पुष्टि भएको छ । यस अवधिमा २८६२ जनाको पीसीआर र २४८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टीजेनबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ४७० जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । यस्तै एक जना संक्रमितको मृत्यु भएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । संक्रमितमध्ये एक सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै सतचालीस आईसीयूमा र तीन भेन्टिलेटरमा रहेर उपचाररत छन् ।देशमा ११ हजार ९ सय ७२ जनाको कोभिड१९का कारण निधन भइसकेको छ ।हालसम्म ९ लाख ९० हजार ६ सय २५ जनामा संक्रमण पुष्टि भएको छ भने ९ लाख ७२ हजार ९ सय ६७ जना निको भइसकेका छन् । एन्टीजेन विधिबाट १ लाख ४५ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
Discussion about this post