Nirvik Khabar

कोरोना संक्रमणको ग्राफ बढ्दो, आठ सय १४ संक्रमित थपिए, निको हुने निकै कम

काठमाडौं । कोरोना भाइरसको महामारी निरन्तर बढ्दो क्रममा रहेको छ । मंगलबार थप ८१४ संक्रमित थपिएका छन् ।निको हुनेको संख्या भने मात्र २९९ रहेको छ । योसँगै सक्रिय संक्रमितको संख्या बढेर ५ हजार १४४ पुगेको छ ।

मंगलबार ५ हजार ४१५ जनाको परीक्षण भएकामा २ हजार ७६२ पीसीआरबाट ५०९ जना अर्थात् १८.४३ प्रतिशत संक्रमित पाइएका हुन् । त्यस्तै २ हजार ६५३ एन्टिजेन परीक्षणबाट ३०५ संक्रमित पाइएका हुन् ।

मंगलबार ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उपत्यकामा भने संक्रमित ह्वात्तै बढेका छन् । काठमाडौंमा मात्रै पीसीआर परीक्षणबाट पाइएका सक्रिय संक्रमितको संख्या ३ हजार १८ पुगेको छ । ललितपुरमा ५५० तथा भक्तपुरमा ३० जना रहेका छन् । ३८ जना आईसीयूमा पुगेका छन् । ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस