काठमाण्डौँ । जनश्रमदानबाट अहोरात्र पकुवा नदीमा काम गरेपछि अन्ततहः त्यहाँको पानी धरानको सर्दु छेउको बस्तीमा आइपुगेको छ । धरानको खानेपानीको समस्यालाई प्रमुख मुद्धा बनाएर स्वतन्त्र चुनाव लडेका हर्कले पहिलो चरणमा सफलता पाएका हुन् । सोमबार मात्र पाइपबाट खोलाको पानी बस्तीमा आइपुगेको तस्विर मेयर हर्क राइले सार्वजनिक गरेका छन् ।
त्यो खुसीमा आफू भावुक भएको उनले बताए । सामाजिक संजालमा निकै सक्रिय उनले फेसबुकमा लेखेका छन् -‘म एउटा माध्यम मात्रै हुँ । गर्ने सबै धराने जनता हुन् । सबै सबै लाई सबै सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद ।आज पकुवाको पानी सर्दु छेउको बस्तीमा आइपुग्यो । यो देख्दा आँखा रसाएकोछ मेरो । आखिर म जनताको सेवक न परें । यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसी छु । विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ ।’ मेयर हर्कले कार्यालयको पनि काम छोडेर लगातार पकुवा नदीमा जनतालाई लिएर काम गरेका थिए ।
Discussion about this post